
मनमाेहन ठकुल्ला, डाेटी / नवगायक तथा माेडल गणेश साउँद जीसीले र अनु खड्काले अभिनय गरेकाे नयाँ डेउडा गीत बजारमा सार्वजनिक भएकाे छ ।
डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ साविककाे लडागडामा जन्मनुभएका साउँद जीसीले अभिनय गरेकाे उक्त नयाँ डेउडा ” बाडुली पुगेन” बाेलकाे गीत हिजाे शनिबार ‘सुदुरधमाका म्युजिक प्रालीकाे प्रस्तुतिमा सार्वजनिक भएकाे हाे ।
गायक तथा माेडल जीसीका अनुसार सुदुरपश्चिमका विभिन्न गाउँठाउँ लगायत बजारीय तथा पर्यटकीय क्षेत्रलाई गीतकाे बाेल अनुसार चिनाउन खाेजीएकाे बताएका छन् । उक्त म्युजिक भिडियोमा सुदुरपश्चिमकाे पुरानाे क्षेत्रीय सदरमुकाम दिपायल, खप्तड, डाेटी मात्रै नभएर अछाम जिल्लाकाे मार्कु, लगायतका क्षेत्रलाई समेटिएकाे देख्न सकिन्छ ।
गीतमा सुदुरपश्चिमकाे माैलिक भाषा तथा सांस्कृतिलाई झल्काउन खाेजिएकाे छ ।
उक्त डेउडा गीतमा शब्द दिपक साउद, लय गणेश खड्का,स्वार टेक भण्डारी र लाेक प्रिय गायिका पूर्णकला बिसीकाे रहेकाे छ ।
डेउडा: गीत