युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा, । विभिन्न गाउँबस्तीमा पाइने दमाहा बाजा पछिल्लो समय हराउँदै गएका छन् । नयाँ पुस्ताले यस्ता बाजाप्रति खासै चासो नदेखाउँदा तथा आधुनिक बाजाका कारण परम्परागत बाजा हराउन थालेका हुन् । गाउँमा विवाह व्रतबन्ध, भुवा, दसैँ र बिसुपर्वका प्रयोग गरिँदै आएका दमाहा, सहनाई, नरसिङ्गालगायतका बाजा बिस्तारै लोप हुँदै गएका छन् ।

दमाहा बाजाको छुट्टै महत्व रहिआएको भए पनि युवा पुस्ताले त्यो बाजा बजाउन खासै चासो नदिँदा दमाहा लोप हुँदै गएको त्रिवेणी नगरपालिका –८ का स्थानीय पदम बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला जिल्लाका विभिन्न गाउँमा प्रयोग हुने यो दमाहा बाजा पछिल्लो समय गाउँबाट बिस्तारै लोप हुँदै गएको छ ।” बाजुरामा कला संस्कृतिसँग नजिक भएको यो बाजा क्रमिक रूपमा लोप हुने अवस्थामा पुगे भनाइ उहाँको छ ।

दमाहा बाजा यहाँका दलित समुदायका आउजी, नगार्जी, नेपाली, ढोली, दमाई थरका व्यक्तिले बजाउने चलन छ । बुढीगङ्गा नगरपालिका–२ का बादुरे नेपालीले बजारमा आएका विभिन्न बाजा तथा डिजेका कारण पुराना बाजा  बिस्तारै लोप हुँदै गएको बताउनुभयो । आधुनिक बाजा भित्रिएका कारण पुस्तौँदेखि बजाउँदै आएको दमाहा लोप हुने अवस्थामा पुगेको छ ।

पानीले दुई दिन जति भिजाइएको दमाहा राम्रो बज्ने गरेको दमाहा बखर्ने अर्थात् दमाहामा छाला लगाउने बदेडाका प्रेम नेपालीले बताउनुभयो । उहाँका अनुसार यो बाजामा मरेको गोरुको छाला दुई दिन पानीमा भिजाएर नरम बनाई बखर्नु पर्छ अनि आवाज पनि बढी आउँछ ।”

बाजुरामा प्रदेश तथा सङ्घीय सरकारबाट उच्च ओहदाका व्यक्ति गाउँ आएपछि यो दमाहा बजाएर स्वागत गरिन्छ । उच्च तहका व्यक्ति आउँदा स्वागतमा बाजा बजाउने चलन अहिले पनि रहेको छ । “गाउँघरबाट दमाहा भने बिस्तारै लोप हुने अवस्थामा छ । यसको संरक्षण तथा प्रवर्धनमा स्थानीय सरकारको ध्यान जान जरुरी छ,” बुढीगङ्गा नगरपालिकाका तुलाराम नेपालीले भन्नुभयो ।  गाेरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय