मनमाेहन ठकुल्ला डाेटी,
डाेटी जिल्लाकाे दिपायल सिलगढी नगरपालिका नगर प्रमुख (मेयर) बाजि सिं खड्का ‘ विजयी ‘ सवार गाडी ( स्काँर्पीयाे) ले कैलालीमा एक पैदलयात्रीलाई ठक्कर दिएकाे छ ।
गाडीले ठक्कर दिँदा चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडाका ५५ वर्षीय पदम सुनार घाइते भएकाे कैलाली ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएकाे छ ।
घाइते सुनारकाे नाक, मुख, कम्मरमा चाेट लागेकाे छ भने उनकाे अवस्था सामान्य रहेकाले पद्म अस्पताल अत्तरियामा उपचार भैरहेकाे मालाखेती प्रहरीले सुप अनलाइनलाई जानकारी दिएकाे छ ।
४९ वर्षीय नगर प्रमुख खड्काले चलाएकाे से १ झ ३१७ नम्बरकाे स्काँर्पीयाेले आज (सनिवार ) करिव ४:४५ बजेकाे समयमा पैदलयात्री सुनारलाई साेही ठाउँ खानीडाँडामा ठक्कर दिएकाे हाे ।
गाडी र चालक नगर प्रमुख खड्कालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।











