डडेल्धुरा / डडेल्धुराको भागेश्वर गाउँपालिकामा ३० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएको छ ।
गाउँपालिका र ग्रामीण जलस्रोत व्यस्थापन परियोजनाको संयुक्त लगानीमा कुल ४१ लाखको लागतमा कोल्ड स्टोर बन्न लागेको गाँउपालिकाकी उपाध्यक्ष कौशिला भट्टले बताईन् । तरकारी उत्पादनका लागि पकेट क्षेत्र मानिने उक्त गाउँपालिकामा निर्माण हुने कोल्ड सेन्टरमा ३ ओटा चेम्बर रहने छन् ।
कोल्ड सेन्टरमा उत्पादित कृर्षि उपज, तरकारी, फलफुल, विउ लगायतका सामाग्रीहरु रहने छन् । गाँउपालिकामा नै कोल्ड सेन्टर निर्माण भए स्थानिय कृर्षकहरुलाई राहत पुग्ने गाँउपालिकाले जनाएको छ ।