कञ्चनपुर / कञ्चनुर जिल्लाको बेदकोट नगरपालिका–१० मा हाइसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा शिशैया हरपालकी ४० वर्षीया मञ्जु रावल कठायत रहेकाे कञ्चनपुर प्रहरीले जनाएको छ । ४२ वर्षीय दिनेश बहादुर कठायतले आफ्नै घरको आगनमा बागमती प्रदेश को ०१०२९ च २८०६ नम्बरको हाईस चलाउने क्रममा हाईसको ठक्करबाट मञ्जु घाइते भएकी र उनको उपचारको क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।











