डोटी / डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आईतवार भएको पिसिआर परीक्षणमा २ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको प्रयोगशालामा ८३ जनाको कोरोना परीक्षण गरिएको मध्ये २ जनामा संक्रमण देखिएको अस्पतालको परिक्षण शाखाले जनाएका छ ।
संक्रमित हुनेहरुमा दुई पुरुष रहेको र उनीहरु अछाम जिल्ला मंगलसेन नगरपालिकाका रहेका शाखाले जानकारी दिएको छ ।