युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / आज मिति २०८० माघ १८ गते | बिहीवार १ फेब्रुअरी २०२४। माघ कृष्णपक्ष षष्ठी तिथि, १०ः१८ बजेपछि सप्तमी। चित्रा नक्षत्र। चन्द्रराशि कन्या, ११ः२६ बजेपछि तुला।

मेष
बिहानकाे समय संघर्षपूर्ण देखिए पनि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ। केही भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। आफन्तहरूको साथ जुट्नेछ। वादविवादमा अघि नसर्नुहोला।

वृष
बिहानको समय सानोतिनो समस्यामा अलमलिनुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ। मिहिनेतीहरूका लागि दिन उत्साहजनक नै रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। धनमाल सुरक्षामा सजग रहनुहोला। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। यात्रा गर्दा स्वास्थ्यमा ध्यान दिनुहोला।

मिथुन
बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

कर्कट
विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ। अग्रजको सहयोग लिँदा राम्रो हुनेछ। तर योजना सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।

सिंह
बिहान अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। वादविवाद वा खर्च हुने डरले सताउन सक्छ। अर्थ अभावले सताए पनि आजको मिहिनेतले भविष्यमा भने नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। दिउँसाेदेखि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउनेछन्।

कन्या
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि दिगो काम सुरु गर्ने समय छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। आम्दानीका स्रोत बढ्नेछन्।

तुला
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। दिउँसाेदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ।

वृश्चिक
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। तर आकस्मिक समस्याले खर्च बढाउने समय छ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्चिलो काम थालनी हुनेछ। यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।

धनु
बिहान अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हातलागी हुनेछ।

मकर
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। दिउँसाेदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। परोपकारी काममा प्रवृत्त भइनेछ।

कुम्भ
अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। श्रम परे पनि दिउँसाेदेखि विशेष उपलब्धि प्राप्त हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। तत्काल काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ।

मीन
बिहानको समय उत्साहवर्द्धक रहनेछ। रमाइलो यात्राका बीच मानसम्मान प्राप्त हुनेछ। व्यवसायमा मनग्य फाइदा उठाउन सकिनेछ। दिउँसोदेखि स्वास्थ्यबाधा हुन सक्छ। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय