युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा, । विवाहमा प्रयोग हुँदै आएको डोली (म्याना) लोप हुँदै गएको छ । छदेखि सात फिट लामो र गोलो कुर्सी आकारको डोलीमा रातो कपडाले छोपेर त्यसभित्र बेहुलीलाई राख्ने गरिन्छ । गाउँघरमा सडक यातायातको पहुँचसँगै सवारीसाधनको प्रयोग बढेपछि भने परम्परागत डोली हराउन थालेको हो । बाजुराका अधिकांश गाउँबस्तीमा विवाहमा दुलही बोक्ने डोली प्रयोग हुँदैन । 

डोली बिस्तारै लोप हुँदै गएको खप्तड छेडेदह गाउँपालिका–२ का स्थानीय भरुनी नेपालीले बताउनुभयो । “पहिला गाउँमा कसैको विवाह भएमा डोली कसको घरमा छ भनेर खोजी हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले गाडी कसको छ भन्ने गरेका छन् ।”

 डोलीको खोजभन्दा पहिला गाडीको खोज हुन थालेपछि डोला बिस्तारै लोप हुँदै गएको हो । उतिबेला हरेक गाउँमा कम्तीमा एउटा डोली हुने गरेको सम्झना उहाँले गर्नुभयो । “त्यतिबेला गाउँमा सडक थिएन, डोली अनिवार्य थियो,” उहाँले थप्नुभयो, “उतिबेला म पनि डोली चढेर आएकी थिएँ, अहिले छोराको विवाहमा  बुहारी ल्याउन डोली होइन, गाडी भाडामा लिनु प¥यो ।”

विसं २०६५ भन्दा पहिला बाजुराका अधिकांश गाउँबस्तीमा विवाह हुँदा बरको काठबाट बनेको डोला, म्याना र घोडा प्रयोग हुन्थ्यो । २०७५ सालपछि गाउँबस्ती सडक सञ्जालको पहुँचमा भएसँगै विवाहमा प्रयोग हुने डोला र घोडा चढ्ने चलन बिस्तारै हट्दै गएको हो । हिमाली जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, गौमूल बडीमालिका, बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकाका अधिकांश गाउँबस्ती सडक सञ्जालको पहुँचमा छन् ।

परम्पराको हिसाबले विवाहमा डोली नै राम्रो हुने गरे पनि अहिले डोलीको सट्टा गाडी नै सहज हुने गरेको स्थानीयवासी बताउँछन् । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले डोली बोक्ने मान्छे पनि पाइँदैन । त्यसैले पनि डोली संस्कृति हराउँदै गएको बुढीगङ्गा नगरपालिका–९, त्रिपुरासुन्दरी प्राविका शिक्षक नैनबहादुर थापा बताउनुहुन्छ ।  गाेरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय