युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी,  सिगासको थला गाउँको दलित बस्तीमा खानेपानीको समस्या भएको छ । यहाँको २५० घरधुरी एक घण्टा ओरालो झरेर ढडेखोलाको पानी पिउन बाध्य छन् । सिगास गाउँपालिका–६, थला गाउँ दलितबस्तीमा खानेपानी नहुँदा समस्या भएको स्थानीय नरेन्द्र विकले बताउनुभयो । हिउँदमा खोलाको पानी र बर्खा लागेपछि आकासे पानी पिउनुपर्ने बाध्यता रहेको छ ।

साँझ, बिहान र दिउँसो गरेर तीन पटक पानी भर्न जाँदा अधिकांश समय पानी भर्नमै बित्ने गरेको उहाँले बताउनुभयो । निर्वाचनका बेला उम्मेदवारले खानेपानीको धारा दिने आश्वासन दिए पनि जितेपछि बेपत्ता हुने गरेको आरोप स्थानीयको छ ।

स्थानीयदेखि सङ्घ र प्रदेशका नेताले वाचा बिर्सिएको दलित समुदायले गुनासो गरेका छन् । “चुनावका बेला सबैले घर घरमा धारा दिन्छौँ भन्छन् भोट दिएर जितायौँ,” स्थानीय नरेन्द्र विकले भन्नुभयो ।

चुनावका बेला सबै उम्मेदवारले दलित बस्तीमा लिफ्टिङ खानेपानी पुर्‍याउने वाचा गरेको भए पनि पानी ल्याउन कसैले पहल नगरेको उहाँले बताउनुभयो ।

दलित बस्तीमै रहेको भूमिराज माध्यमिक विद्यालय थलाका विद्यार्थीसमेत खानेपानीबाट वञ्चित रहेको स्थानीय दीपेन्द्रसिंह धामीले बताउनुभयो । विद्यालयमा आउने खानेपानी जीर्ण हुँदा पानीको समस्या छ । २८४ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा खानेपानी नहुँदा घरबाटै पानी बोकेर लैजानुपर्ने बाध्यता छ ।

सिगास गाउँपालिका–६ का वडाध्यक्ष जेतबहादुर साउदले पर्याप्त बजटे नहुँदा खानेपानी उपलब्ध गराउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वडामा बजेट नहुँदा दलित समुदायको पानीको समस्या डिभिजन खानेपानी कार्यालयमा पुर्‍याएका छौँ ।

खानेपानी योजना आए दलित बस्तीबाट करिब एक घण्टाको दुरीमा रहेको किरमडे मुहान र जोगेनी मुहानबाट पानी ल्याउन सकिने स्थानीयले बताएका छन् । गाेरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय