अछाम / अवैध हातहतियार एकथान बन्दुकसहित खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट सनिवार राति एक जना पक्राउ परेका छन् ।
राष्ट्रिय निकुञ्जका अनुसार उनलाई अछाम जिल्लाकाे साँफेबगर नगरपालिका वडा नम्बर १४ दुनि पातलकोटमा रहेकाे ‘पाटे वन’ बाट पक्राउ गरिएकाे हाे । उक्त व्यक्तिलाई सिंह शार्दुल गुल्म र निकुञ्जका कर्मचारीकाे टाेलिले नियन्त्रणमा लिएकाे हाे
रातकाे सायमा हातहतियार लिएर जङ्गल प्रवेश गरेकाले ‘हातहतियार तथा खरखजाना सम्बन्धी ऐन’ अनुसार तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार उक्त विषयमा अनुसन्धान भैरहेकाे निकुञ्जले जनाएको छ ।











