मनमाेहन ठकुल्ला, डाेटी
डोटी । डोटीमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
घाइते हुनेमा जिल्लाकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर ५ काँडामाण्डौ की ५२ वर्षीया मैना देवी तिरुवा रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
उनलाई आज (शनिवार) दिउँसो करिव १बजेतिरकाे समयमा जङ्गलमा बाख्रा चराउन गएको बेला चितुवाले आक्रमण गरेको हो । आक्रमणबाट घाइते तिरूवाकाे खुट्टाको घुँडा भन्दा मुनी टोकेको जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी निरीक्षक सिताराम बिष्टले बताउनु भएकाे छ ।
घाइते तिरुवालाई जिल्ला अस्पताल डोटीमा भ्याक्सिन नभएका कारण सामान्य उपचार पश्चात् धनगढी रिफर गरिएको प्रहरी निरीक्षक बिष्टले बताउनु भयाे ।











