दार्चुला : दार्चुलाको भिन्न स्थानमा दुईजना मृत फेला परेका छन्।
मृत फेला पर्नेमा हिजो(बिहिवार) शैल्यशिखर नगरपालिका–८ पतेगैरकी ५० वर्षीया अम्बिका देवी जोशी रहेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जाेशीकाे सोही ठाउँ स्थित पैराधार भिरमा घाँस काट्ने गर्दा लडेर अन्दाजी २०० मिटर तल खसी मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाकाे दुहु गाउँपालिका–३ सेरपाटा स्थित सडक खण्डाबाट करिब ५ सय मिटर तल सोहि पालिकाको–४ फाराका ७२ वर्षीय दौलतसिंह कुँवर मृत अवस्थामा फेला परेका छन्।
दार्चुला प्रहरीले घटनाबारे अनुसन्धान गरीरहेकाे जनाएको छ ।











