बझाङ / बझाङकाे केदारस्युँ गाउँपालिका वडा नम्बर ४ मा जिपको ठक्करबाट एक महिला घाइते भएकी छन् । साेही ठाउँ बागथला तल्ला बजारमा जिपले ठक्कर दिदा सोही ठाउँकी ५५ वर्षीया महेश्वरी मल्ल घाइते भएकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बुधवार बिहान मल्ललाई घर अगाडीको धारामा पानी लिन जाने क्रममा बागथलाबाट चैनपुर तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिएको हाे । घाइते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भईरहेको छ। घटनाबारे थप अनुसन्धान भैरहेको छ ।











