अछामः अछामकाे रामारोशन गाउँपालिका वडा नम्बर-५ मा
भालुको आक्रमणमा परी २ युवती घाइते भएका छन्।
घाइते हुनेमा साेही ठाउँ की २० वर्षीया पार्वती शाह र १९ वर्षीया सरस्वती शाह रहेकाे ५ नम्बर वडा कार्यालयले जनाएको छ । खरमेला जाने क्रममा उनीहरुलाई भालुले आक्रमण गरेको हाे । उनीहरुको अवस्था गम्भिर रहेकाले उपचारका लागि जिल्ला बाहिर लैजानको लागि हेलिकप्टरको व्यवस्था गरिरहेको वडा अध्यक्ष केशरबहादुर शाहले बताए ।











