युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा,  महिनावारी (छाउपडी) भएका महिलालाई गोरस (दुध, दहीलगायत) नदिने चलन कायमै रहेको छ । गाई र भैँसीको दुध, दही र मोही महिनावारी भएका महिलालाई दिँदा देउता रिसाउने तथा गाईवस्तु बाँझो हुने अन्धविश्वास छ । 

महिनावारी भएका महिलालाई गोरस दियो भने गाई, भैँसी बिरामी हुने तथा कहिल्यै नब्याउने भन्ने भ्रम रहेको स्थानीय बाजुरावासी बताउँछन् । पुस्तौँदेखि चलिआएको यो अन्धविश्वास अहिलेसम्म उस्तै छ । महिनावारी भएका बेला महिलाले काटेको घाँस गाईभैँसीलाई पनि दिँदैनन् । छाउपडीले काटेको घाँस गाईभैँसीले खायो भने बिरामी हुन्छन् भनेर महिनावारी हुँदा महिलालाई घाँस पनि कटाउँदैनन् ।

महिनावारी भएका महिलाले दुध, दही, मोही खान त के गाईभैँसीको शरीरमा समेत छुन पाउँदैनन् । बुढीगङ्गा नगरपालिका स्थानीय अमृता नेपाली यो परम्परा अहिलेसम्म कायमै रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सहरमा महिनावारी हुँदा महिलाले दुध, दही, मोही खाने गर्छन् तर यहाँ भने त्यस्ता पोषणयुक्त खाने कुराबाट सधैँ वञ्चित हुनु परेको छ ।” यहाँका अधिकांश गाउँबस्तीमा महिनावारी भएका बेला महिलालाई छुइछिटो हाल्ने चलन रहेको नेपालीले बताउनुभयो ।

हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा बडीमालिका गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकामा छाउप्रथा कायमै छ । खप्तड छेडेदहको काँडा जयबागेश्वरी र बुढीगङ्गा नगरपालिकाको बदेडा, तिमाडा, सेलापाखा, जुवापानी  र सिगाडा भण्डारगाउँ र नुवाकोटमा छाउपडी प्रथा पनि कायमै छ । 

यहाँका महिला छाउगोठमा हिउँदको चिसो र बर्खाको हिलोमा सुत्न बाध्य हुँदै आएका छन् । महिनावारी भएका महिलालाई गोरस दिँदा दुहुनो गाईभैँसी मर्ने, बाघ लाग्ने, अशुभ हुने, महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउने भ्रम हट्न सकेको छैन । स्थानीय धामी झाँक्री र ठुलाबडाले पनि समाजलाई आफू अनुकूल बनाउने उद्देश्य अनुरूप महिनावारी भएका महिलाले घरभित्र बस्दा देउता रिसाउने गरेको भन्दै छाउगोठमा सुताउने गरेको खप्तड छेडेदह गाउँपालिका–२, जयवाग्श्वरीकी जला विकले बताउनुभयो ।

“स्वास्थ्यकर्मी भने महिनावारी भएको समयमा महिलाको शरीरबाट धेरै रगत खेर जाने भएकाले त्यस्तो बेला दुध, दही, मोहीलगायतका खाने कुरा खानुपर्ने बताउँछन् तर आफन्त र धामीझाँक्रीले खानु हुँदैन भन्छन्,” उहाँले भन्नुभयो । अहिले पनि पढेलेखेका तथा शिक्षित महिला समेत धामीझाँक्रीको डरले छाउगोठमै सुत्न बाध्य छन् । धामीझाँक्रीलाई छाउप्रथा मान्नु हुँदैन भनेर स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाले गाउँबस्तीमै पुगेर सचेतना अभियान चलाए पनि सार्थक हुन सकेन । 

सो अभियान अन्तर्गत बाजुरामा रहेका ५५७ वटा छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अझै पनि अधिकांश गाउँबस्तीमा छाउप्रथासम्बन्धी विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय प्रमुख कवीन्द्रसिंह बोहराले बताउनुभयो ।  गाेरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय