मनमाेहन ठकुल्ला , डाेटी/ डाेटीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाकाे बडिकेदार गाउँपालिका वडा नम्बर २ असुरा बस्ने लक्ष्मण बहादुर मास्की मगरका २२ वर्षीय छोरा राजिब मास्की मगर रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी निरीक्षक सिताराम बिष्टका अनुसार मगर शनिबार १२,०० बजे देखि साेहि ठाउँ पातलबाट हराई बेपत्ता भएका थिए । मगरकाे खाेजी कार्य गर्दा
आज (आइतबार) साढे ३ बजेको समयमा साेही ठाउँ स्थित पातलको भिरबाट करिव ७०० मिटर तल मृत अवस्थामा शव फेला परेकाे निरीक्षक बिष्टले बताउनु भएकाे छ ।
उनलाई मृत अवस्थामा स्थानीयले भेटाएपछि प्रहरीलाई खबर गरिएकाे हाे । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक दिनेश रिमालकाे कमाण्डमा ५ जनाकाे टाेली खटिएकाे छ ।











