सिलगढी / सहिद स्मृति आवासीय माद्यामिक विद्यालय डोटीलाई एक जना व्यापारीले सित्तैमा कम्बल (बलाङकेट) वितरण गरेका छन् । जिल्लाकाे के.आई.सिंह गाउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल धनगढी व्यापार गर्दै आएका शङ्कर भुलकाे आर्थिक सहयोग र रूपेन्द्र धामीकाे समन्वयमा उक्त विद्यालयलाई कम्बल वितरण गरिएकाे हाे ।
जाडाे याममा आइतबार ४१ हजार रुपैयाँ बराबरका २४ ओटा कम्बल वितरण गरेकाे उहाँले बताउनु भएकाे छ । विद्यालयमा विद्यार्थीहरूको लागि सिरकको अभाव रहेको जानकारी पाएपछि कम्बल वितरण गरेको सङ्करले बताउनु भएकाे छ ।
आगामी दिनहरूमा विद्यालयलाई सक्ने जति सहयोग गर्ने उहाँले बताउनु भएकाे छ । छाडाे छेक्न कम्बल सहयोग भएपछि विद्यार्थीले खुसी व्यक्त गरेका छन् ।
त्यस्तै रूपेन्द्र धामी युवा संघ नेपालकाे केन्द्रीय सदस्य हुन भने शंकर भुल व्यवसायी तथा समाज सेवि हुन् ।











