युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी, । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा बोलिने रानाथारू भाषा लोप हुने खतरा बढेको छ । भाषा संरक्षणको काम हुन नसक्दा सो समुदायको भाषा लोप हुने खतरा बढेको हो । यी दुई जिल्लामा बसोबास गर्ने रानाथारू जातिलाई २०७६ मा छुट्टै आदिवासी जनजातिका रूपमा सूचीकृत गरिएको थियो । छुट्टै जनजातिका रूपमा सूचीकरणपछि जनसङ्ख्याको हिसाबले अल्पसङ्ख्यामा देखिएको राना समुदायको भाषा पनि साँघुरिँदै जान थालेको छ ।

अल्पसङ्ख्यामा रहेका हरेक जातजातिको भाषा संरक्षणको व्यवस्था संविधानले नै गरे पनि रानाथारूको भाषाको विकास र संरक्षणमा राज्यले चासो नदिएको रानथारू अगुवाको गुनासो छ । पूर्वमन्त्री एवं रानाथारू अगुवा नारदमुनि रानाले राज्यको ध्यान रानाथारू भाषाको संरक्षणमा जान नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले रानाथारू भाषालाई कामकाजी भाषा बनाउनु पर्छ भनेका थियौँ तर भाषा आयोगले बेइमानी ग¥यो । कामकाजी भाषाका रूपमा प्रयोग गर्न अनुमति दिएन । यो दुःख लाग्ने कुरा हो ।”

कुनै पनि भाषालाई कामकाजी भाषा नबनाएमा सो भाषा सम्बन्धित समुदायमा मात्रै सीमित रहने गर्दछ । यस्तो अवस्थामा अङ्ग्रेजी, नेपालीलगायतका भाषाको प्रभावका कारण मातृभाषा बोल्नेको सङ्ख्या घट्दै जान सक्छ । त्यसैले राज्यस्तरबाट नै भाषाको विकास, संरक्षण, उपयोग हुनुपर्ने पूर्वमन्त्री रानाको भनाइ छ । रानाथारू भाषाको विकासका लागि कञ्चनपुरका आठ र कैलालीका चार पालिकाका २९ विद्यालयमा कक्षा १ देखि ३ सम्म रानाथारू भाषाको पाठ्यक्रम लागु गरिएको थियो तर पछिल्लो समय कञ्चनपुरका केही विद्यालयबाहेक अरू विद्यालयमा रानाथारू भाषामा पढाइ हुन सकेको छैन । पाठ्यक्रम विकास केन्द्रले आफैँ रानाथारू भाषाको पाठ्यपुस्तक प्रकाशन गरेर मातृभाषामा पढ्न पाउने व्यवस्था गर्दासम्म रानाथारूमा पठनपाठन राम्रोसँग भएको थियो । अचेल पाठ्यक्रम विकास केन्द्रले मातृभाषाको पुस्तक छपाउने जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिएको छ । स्थानीय तहले मातृभाषाको पाठ्यपुस्तक नछापेकाले रानाथारू भाषामा पढाइ रोकिएको रानाथारू अगुवाको भनाइ छ । 

“रानाथारू व्याकरण निर्माण, भाषा मानकीकरण, पाठ्यपुस्तकलगायत अध्ययनका लागि एउटा विज्ञ टोली बनेको छ । टोलीले काम अगाडि बढाए पनि भाषा मानकीकरणको काम सकिएको छैन,” उहाँले भन्नुभयो । रानाथारू समुदाय छुट्टै जनजातिमा सूचीकृत भएपछि २०७८ सालको जनगणनामा सो समुदायको छुट्टै जातिका रूपमा अलग्गै जनगणना भएको छ । सो जनगणना अनुसार रानाथारूको जनसङ्ख्या ८२ हजार २९९ (३.०५) प्रतिशत रहेको छ । सुदूरपश्चिम प्रदेशमा बढी बोलिने १० भाषामध्ये रानाथारू भाषा सातौँ नम्बरमा रहेको छ । यो समुदायका ७७ हजार ७२७ (२.८८ प्रतिशत) ले आफ्नो मातृभाषा बोल्ने गरेको उल्लेख छ । 
रानाथारू अगुवा डा. जीवन राना रानाथारू जनसाङ्ख्यिक रूपमा पछि रहे पनि भााषिक रूपमा अगाडि रहेको बताउनुहुन्छ । उहाँको आफ्नै शोध तथ्याङ्क अनुसार रानाथारूका ९९ प्रतिशतले आफ्नो मातृभाषा बोल्ने गर्दछन् । यसै गरी जनगणना तथ्याङ्कले ९६ प्रतिशत रानाथारूले आफ्नो मातृभाषा बोल्ने गरेको देखाएको उहाँले बताउनुभयो ।गाेरखापत्रअनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय