युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

गणेश मौनी माघ ६ डोटी
बडीकेदार गाउँपालिका सरकारलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँले बताए ।

नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ बडीकेदार गाउँपालिका स्तरीय भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति समेत रहेका अध्यक्ष साउँदले उक्त कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साउँदले बडीकेदार गाउँपालिका भित्रका सबै क्षेत्रको समान रूपमा विकास गर्न लागि परेको बताउँदै सरकारलाई सफल बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।

उनले भने बडीकेदार गाउँपालिकामा क्रमिक रूपमा विकास भइरहेको छ, सबै वडाहरूमा सडक सञ्जाल जोडिएको छ, बिधुत बिस्तार हुदैछ, शिक्षा, स्वास्थ्य, पर्यटन,खानेपानी, भौतिक पूर्वाधारमा पनि विकास भइरहेको बताए । बडीकेदार गाउँपालिका अन्तरगत पर्ने बडीकेदार धाम (ठुलाकेदार) र कृर्षि क्षेत्र पालिकाको प्रमुख प्राथमिकता रहेको समेत अध्यक्ष साउँदले बताए ।

बडीकेदार गाउँपालिका भित्र रहेका आदिवासी जनजाति दाजु भाइ दिदी बहिनीहरूले पनि सक्रिय भई विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै नेतृत्व तहमा पुग्न आवश्यक रहेको समेत अध्यक्ष साउँदले बताए ।

शनिवार बडीकेदार गाउँपालिकाकाको केन्द्र खड्यौलीमा भएको भेलामा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य एवं बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेल, जिल्ला कार्यसमिति सदस्य कविराम बुढामगर, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घकी जिल्ला सदस्य अम्मीसरा कुमारी पुनमगर,नेपाली काँग्रेस बडीकेदार गाउँपालिका सभापति करुणाकर जोशी, गाउँपालिका सचिव शिद्धराज विष्ट, सबै बडाका वडा सभापति, विभिन्न वडाबाट भेलामा प्रतिनिधिको रूपमा आदिवासी जनजाति महासङ्घ सँग आबद्ध दाजुभाइ दिदीबहीनीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति टेक सलामीले गरेका थिए । भेलाले खगराज दगालीमगरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय