बझाङ: बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १ मा एक महिलाको भिरबाट लडेर मृत्यु भएकाे छ । मृत्यु हुनेमा भण्डारकी ३० बर्षीया सरिता रोकाया रहेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनको शुक्रबार बेलुकी घर नजिकै रहेको भिनटा भिरमा घासँ काट्टने क्रममा लडेर मृत्यु भएकाे हाे ।
उनी भिरबाट लडी ५ सय मिटर तल खसेर घाईत भएकी थिइन् । रोकाया लाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउदा डाक्टरले मृत घोषणा गरेको बझाङ प्रहरीकाे भनाइ छ ।
मृतक रोकायाको शव पाेष्टआर्टमकाे लागि जिल्ला अस्पताल बझाङमा राखिएको स्राेतले जनाएको छ ।











