बझाङ / बझाङमा भालुको आक्रमणबाट एक महिला घाइते भएकि छन् । जिल्लाकाे थलारा गाउँपालिका वडा नम्बर ७ गोठीदाउना कि ३८ बर्षिया सिता पाध्याय बुधबार दिउँसो साढे १ बजे भालुकाे आक्रमणबाट घाइते भएकि बझाङ प्रहरीले जनाएको छ ।
पाध्यायलाई दोगाडी जंगलमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरेकाे हाे । आक्रमणमा परी घाइते भएकी उनलाई बिहिवार उपचारको लागी जिल्ला अस्पताल बझाङमा ल्याइएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
उनकाे दाँया हातमा चोट लागेको र अबस्था सामान्य रहेको जिल्ला अस्पताल बझाङले जनाएको छ ।











