युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी, । राणाकालीन गर्भा दरबार जीर्ण बनेको छ । कैलालीको चुरे गाउँपालिका –४ खैरालामा रहेको सो दरबार संरक्षण नहुँदा जीर्ण बनेको हो । 

संरक्षण अभावमा दरबार खण्डहरमा परिणत भएको छ । दरबारको विभिन्न संरचना भत्किन थालेको छ । राज्यले दरबार संरक्षणमा चासो नदिएपछि ऐतिहासिक महत्वको गर्भा दरबार जीर्ण बनेको स्थानीयवासी नारायण योगीले बताउनुभयो । 

गर्भा दरबार तत्कालीन राणा शासक खडक शमशेरको पालामा बनेको थियो । विक्रम संवत् १९७९ मा शिलान्यास गरिएको दरबारको निर्माण कार्य १९८३ मा पूरा भएको थियो । राणा शासकहरूले कैलाली, कञ्चनपुर, डोटीबाट पोत (कर) उठाउन र मुद्दा मामिला मिलाउने उद्देश्यले बनाएको दरबारमा २०३३ सालदेखि मान्छे बस्न छाडेको जनाइएको छ । १० वर्षे द्वन्द्वको चपेटामा परेर दरबार भग्नावशेषमा परिणत भएको बताइन्छ । 

दरबार संरक्षण वा मर्मतका लागि पुरातत्त्व विभागले अनुमति नदिएका कारण प्रदेश सरकारले पनि हात हाल्न नसकेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो । उहाँका अनुसार एकसय वर्ष पुगेपछि मात्र पुरातत्त्व विभागले यस्तो दरबारलाई हेर्ने गर्दछ । दरबार शिलान्यास गरेको मितिलाई मान्ने हो भने १०१ वर्ष पुगिसकेको छ । तर निर्माण कार्य सम्पन्न भएको मितिलाई मानेमा दरबारको सय वर्ष पुग्न अझ बाँकी छ । 

“दरबार सम्पन्न भएको वा शिलान्यास भएको कुन मितिलाई आधार मान्ने भन्ने नै निश्चित छैन” अध्यक्ष बोगटीले भन्नुभयो, “त्यसकारण पुरातत्त्वले केही गरेको छैन । अनुमति नपाउँदा प्रदेश सरकारले हात हालेको छैन । गाउँपालिकाले गर्ने भन्ने त झन् कुरै भएन । हामीसँग त्यति धेरै स्रोत पनि छैन ।”

गाउँपालिका अध्यक्ष बोगटीका अनुसार दरबारका लागि प्रदेश सरकारले साढे २० करोडको डीपीआर पनि बनाएको छ । तर काम अगाडि बढाउन सकेको छैन । ८३ झ्याल र ५३ ढोकाको तीन तले गर्भा दरबारको संरक्षण वा पुनर्निर्माण भएमा यसले पर्यटक आकर्षण गर्ने स्थानीयको विश्वास छ । 

तराई क्षेत्र चौमाला बजारबाट २३ किलोमिटरको दूरीमा चुरे पहाडमा गर्भा दरबार रहेको छ । यो दरबारबाट केही दूरीमा समुद्री सतहबाट एक हजार ९६५ मिटर अग्लो चिरकिट्टे भनेर चिनिने चुरेको अग्लो डाँडा रहेको छ । जहाँबाट दक्षिणतिर भारतको सहर र उत्तरतिर हिमालहरूको समेत दृश्य देखिन्छ । गर्भा दरबार र चिरकिट्टे डाँडा भएकाले खैरालामा पर्यटन विकासको राम्रो सम्भावना छ । गाेरखापत्रअनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय