अछामः अछाम जिल्लाको कमलबजार नगरपालिका–५ मा भिरबाट लडेर एक वृद्ध घाइते भएकी छन्।
भिरबाट लडेर घाइते हुनेमा ६२ वर्षीया हिरा देवकोटा रहेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । देवकोटा बाख्रा चराउन गएका बेला लडेर घाइते भएकी हुन्।
उनको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ ।











