सिलगढी,डोटीकाे के.आई.सिंह गाउँपालिका उपाध्यक्ष मिना बिष्टलाई मातृ शोक परेको छ । बिष्टकी मातृ देवादेवी रानाकाे बुधबार दिउँसो ७७ वर्षकाे उमेरमा हृदयघातबाट मृत्यु भएको पारिवारिक स्राेतले जानकारी दिएकाे छ ।
रानाको शरिर केही दिन अघिबाट प्यारालाइसिस देखापरेपछि उपचारकाे लागि भारतको खटिमामा लगिएकाे थियाे ।
उपाध्यक्ष बिष्टका भाइ एवम् सरस्वती माविका प्रधानाध्यपक मिन रानाका अनुसार आमा रानाकाे स्वास्थ्यमा सुधार हुँदै गएको भएपनि शौचालय जानेक्रममा एक्कासी हृदयघात भएर मृत्यु भएकाे बताए । मृतककाे शव भारतबाट गड्डाचाैकी नाकामा पुर्याइएकाे प्रधानाध्यापक रानाले बताएका छन् ।











