कैलाली / कैलालीको धनगढी उपमहानगरपालिका-४ मा घरको छतबाट लडेर डाेटीका एक वृद्धको मृत्यू भएको छ। धनगढी बसपार्क पछाडि छोराको घरमा बस्दै आएका डोटी जिल्लाकाे दिपायल सिलगढी नगरपालिका-३ स्थायी घर भएका ६५ वर्षीय बिष्णु बहादुर माझीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
माझी घरको तिन तलाको छतबाट लडेर गम्भिर घाईते भएका थिए । त्यसपछि उनलाई उपचारको लागि सेती प्रादेशीक अस्पतालमा ल्याइएको थियाे । उपचारको क्रममा माझीकाे बुधवार गएराति २ः०० बजे मृत्यू भएको प्रहरीकाे भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको छ ।











