कञ्चनपुरः कञ्चनपुरमा जुवाखालबाट जुवाडेलाई पक्राउ गरिएकाे छ । मंगलबार जिल्लाकाे भीमदत्त नगरपालिका-४ स्थित सहारा होटलबाट पक्राउ पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका-११ स्थायी घर भएका सोही होटल संचालक ३७ वर्षीय गणेशसिह बुडालसहित ५ जना रहेकाे कञ्चनपुर प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूबाट नगद ४८ हजार २ सय ६० र १ गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीले टाेलिले उक्त होटेलमा चेकजाँच गर्दा जुवातास खेलिरहेको अबस्थामा उनीहरुलाई फेला पारी नियन्त्रणमा लिएकाे हाे ।
घटनाबारे आवश्यक अनुसन्धान भैरहेको प्रहरी स्राेतकाे भनाइ छ ।











