मनमनेहन ठकुल्ला, डाेटी
डाेटीमा माेटरसाइकलले ठक्कर दिँदा एक वृद्ध गम्भीर घाइते भएकी छन् ।
घाइते हुनेमा जिल्लाकाे शिखर नगरपालिका वडा नम्बर ०८ चनकुडा बस्ने ७२ वर्षीय जगुली देवी बलायर रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
माेटरसाइकलकाे ठक्करबाट गम्भीर घाइते पैदल यात्री बलायरकाे टाउको, दाँया खुट्टामा चोट लागेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव निरीक्षक सिताराम बिष्टले जानकारी दिएका छन् ।
आज (साेमबार ) बिहान १० बजेको समयमा दिपायल बाट डडेल्धुरा तर्फ जाँदै गरेको सु.प्र.०४००१ प १० नम्बरको माेटरसाइकल र बिपरित दिशाबाट आईरहेको सु.प.प्र.०१००१ ह ४१७ नम्बरको अटो शिखर नगरपालिका वडा नम्बर ८ गाेपघाटमा एक आपसमा ठोकिंदा माेटरसाइकल अनियन्त्रित भएर पैदल यात्री बलायरलाई ठक्कर दिएकाे प्रहरी निरीक्षक बिष्टले बताएका छन् ।
घाईते बलायरको सुजङ अस्पताल राजपुर डोटीमा उपचार पश्चात् थप उपचारकाे लागि धनगढी रेफर गरिएकाे पारिवारिक स्राेतले जनाएको छ ।











