कैलाली / पुस २५ गते बुधवार राति कञ्चनपुरका श्याम देउवा र निजका साथी टेकबहादुर नायक सत्कार दाेहाेरी साँझमा पुग्छन् । कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२ वर्षीय श्याम र उनका साथी टेकबहादुर दुबै जना कैलालीकाे अत्तरियामा अबस्थित सत्कार दोहरी साँझमा भित्र छिर्छन् । उक्त दाेहाेरी साँझमा दुबै जना खानपिन पनि गर्छन् । खानपिन भैसकेपछि (मदिरा सेवन) त्यहाँ रहेका अन्य व्यक्तिहरुसँग सामान्य कचिंगल हुन्छ पुग्याे । तर उनीहरु खानपिन सकेर बाहिर निस्किएकी हाले । उनीहरू सहित सबै जनासँगै बाहिर निस्किए । तर टेकबहादुर नायककाे मोबाइल भित्रै टेबुलमा छुट्टिएकाे थियाे । माेवाइल छुटेकाे थाहा पाउने बित्तिकै टेकबहादुर मोबाइल लिन फेरि दाेहाेरी साँझ भित्र छिर्छन् । त्यतिन्जेल उनका साथी श्याम देउवा गेटमा पर्खेर बस्छन् । तर टेकबहादुर मोबाइल ल्याएर बाहिर निस्कन्जेल सम्म श्याम देउवा त्यहाँबाट हराइसकेका हुन्छन् । टेकबहादुरलाई आश्चर्य लाग्छ । तर रात छिपिसकेकाे रहेछ । देउवालाई नदेखेपछि उनी वाल्ल पर्दै निजको बाइक गुडाउदै उनी अत्तरियाकै अर्को होटलमा गएर सुत्छन्।
मध्यराति अत्तरीयाकाे सत्कार दाेहाेरी साँझकाे गेटबाट हराएका देउवा एका बिहानै चौकीडाँडाको रोडको किनारमा भेटिन्छन्। तर उनी भेटिएपनि अचेत अवस्थामा रहेछन् । बिहानीकाे सूर्याेदयसँगै देउवाको अलिकति बिहान होस खुल्छ। आफू यो ठाउँमा कसरी पुगेको भनेर उनी वाल्ल पर्दै बिस्तारै राेडकाे किनारबाट उठ्छन्। अर्धचेत अवस्थामै रहेका देउवा नजिकैकाे एम घरमा गएर आफन्तलाई फोन लगाइदिन गुहार माग्छन् ।
आफन्तलाई फोन गरिसकेपछि उनलाई कसैले उनलाई लिएर गुलरियास्थित घरमा पुर्यादिन्छन्। तर उनकाे शरिरभरी चाेट थियाे । घरमा आफन्तले शरिरमा चोटपटक पनि देख्छन् । ओैषधी उपचारकाे चाँजोपाँजो मिलाइन्छ र उपचारको लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्याइन्छ । अस्पतालकाे बेडमा गम्भीर चोटमा तड्पिलागेका उनकाे मृत्युु हुन पुग्छ ।
देउवाको मृत्यु भएपछि मात्रै प्रहरीमा उजुरी पर्छ । घटनाकाे छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कैलालीले संलग्न ६ जनालाई पक्राउ गरिएकाे छ । पक्राउ परेका मध्य कैलालीको गोदावरी नगरपालिका १ का २७ वर्षीय विनोद शाह, गोदावरी ६ का प्रकाश ओली, उमेश बडैला, गोदावरी नगरपालिका १ का २८ वर्षीय यज्ञ विक, कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ का टेकबहादुर नायक र रामबहादुर ऐर रहेका छन्। घटनाबारे आवस्यक अनुसन्धान भैरहेको कैलाली प्रहरी साेतकाे भनाइ छ ।











