बझाङ: बझाङकाे जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुवेडा स्थित जयपृथ्वी राजमार्गमा अटो दुर्घटना भएको छ ।
उक्त अटाे दुर्घटनामा परी चार जना घाइते भएका छन । घाइते हुनेमा साही नगरपालिका वडा नम्बर ७ का १८ बर्षीय अटो चालक दिपेश सार्की, १८ बर्षीया निरुता बम्म, जयपृथ्वी नगरपालिका १० चैनपुरका ३२ वर्षीय लक्ष्मी सिंह र उनका ७ वर्षीय छोरा प्रशान्त सिंह सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइतेहरुको हात खुट्टामा चोट लागेको र चारै जनाको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको प्रहरी स्राेतले जनाएको छ ।
अटाे आज दिउँसो बझाङ जिल्ला सदरमुकाम चैनपुरबाट तमैल जादै गरेको भे १ ह ९७० नम्बरको अटो अनियन्त्रित भइ सडकको भित्तामा ठोक्किदा दुर्घटना भएकाे हाे ।











