बैतडी- बैतडीमा ६ जनालाई प्रहरीले पक्राउ गरिएकाे छ ।
कुखुरा फर्मबाट ब्रोइलर कुखुरासहित मरमसला चोरीकाे आराेपमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार राति पार्टी गर्ने भन्दै उनीहरुले कुखुरा फर्मबाट दुईवटा ब्रोइलर कुखुरा, खुर्सानी, टमाटर, अदुवा, प्याज, धनिया र मसला चोरी गरेको हाे ।
६ जनालाई चोरी गर्दै गरेको अवस्थामा फेला पारी प्रक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।











