बैतडी / बैतडीकाे डिलासैनि गाउँपालिका–२मा भिरबाट लडेर एक महिला घाइते भएकी छन्।
आज शुक्रबार दिउँसो साेही ठाउँ छेपट्टाकी ४५ वर्षीया जानकी घरडी भिरबाट लडेर घाइते भएकि जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घरडी घाँस काट्ने क्रममा जानकी भिरबाट लडेर गम्भिर घाइते भएकी हुन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरी स्राेतले जनाएको छ ।











