युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी,
डाेटीमा लामाे समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्न थालेको छ। सिँचाइकाे पहुँच नभएका तथा आकाशे पानीकाे भरमा रहेका क्षेत्रमा सुख्खा खडेरीका कारण खेती सुक्न थालेकाे हाे । कतिपय लेकाली भेगमा गहुँ सुकिसकेकाले किसानहरूलाई पिरलाे परेकाे छ ।

यस वर्ष लामाे समयसम्म हिउँदे वर्षा नभएपछि जिल्लाकै दाेस्राे प्रमुख बाली गहुँ, र अन्य जाै, मुसुरो, कलाउ, ताेरी खेती सुक्दै जाँदा किसानहरू चिन्तामा डुबेका छन् । खेत नजिक खाेला तथा गाडमा पानी हुने क्षेत्रमा पनि दिनानुदिन पानी सुक्दै जाँदा खेतमा सिँचाइ गर्न थप समस्या भएकाे किसानहरूले बताएका छन् ।

यस वर्ष आकाशे पानीलाई कुर्दाकुर्दै हिँउदे माैसम सकिन लागे पनि सुख्खा खडेरीले हिउँदे बाली सबै सुकेर सत्यानाश भएकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर २ का गाेरख बहादुर ठकुल्लाले बताउनु भएकाे छ । पानी नपरेपछि हिउँदे खेति जाेगिएन् तर पानी नपर्दा आलु र धानकाे लागि खन्जाेत गर्न पनि नपाएकाे ठकुल्लाले बताउनु भयाे । उहाँले भन्नू भयाे ” अब मेघ आएर के काम गहुँ सुकेर हुरूक्कै भए, बर्खाकाे खेति लगाउनलाई खन्जाेत गर्न पनि नपाएपछि याे वर्ष पेट भाेकाे रने चिन्ता छ ।”

कृषि ज्ञान केन्द्र डाेटीले दिएकाे तथ्यांक अनुसार जिल्लाभरहाल
१४ हजार २ सय १९ हेक्टर जमिन आकाशे पानीकाे भरमा रहेकाे छ । त्यस्तै १४ हजार २ सय ९० हेक्टर जमिनमा गहुँ खेति गरिदै आएकाे प्राप्त सूचनामा उल्लेख छ । यसरी तथ्यांकलाई तुलना गर्दा जिल्लामा हाल आंशिक र पूर्ण गरी ११ हजार २ सय ८१ हेक्टर जमिन मात्रै सिँचित रहेकाे छ ।

कृषि ज्ञान केन्द्र डाेटीका निमित्त प्रमुख गंगादत्त अवस्थीका अनुसार यस वर्ष हिँउदे वर्षा नभएका कारण गहुँ तथा हिउँदे खेतीकाे उत्पादनकत्व ह्वात्तै घट्ने बतानु भएकाे छ । सिँचाइ भएकाे क्षेत्रमा गहुँ तथा हिउँदे बाली जाेगिए पनि लेकाली तथा सिँचाइकाे पहुँच नभएका क्षेत्रमा माघ महिना भित्र आकाशे पानी नपरेपछि सुख्खा खडेरीका कारण हिउँदे बाली घट्ने आकलन गरेकाे निमित्त अवस्थीले बताउनु भएकाे छ । यदि यस वर्ष माघ महिनामा आकाशे पानी परेपछि गहुँ बाली जाेगिएपछि किसानलाई अलि राहद हुने बताउनु भएकाे छ ।

अवस्थीले भन्नुभयो ” यदि यस वर्ष माघ र फागुनमा आकाशे पानी नपरेपछि फलफूल, लहरेबाली, तरकारी खेती लगाउन समस्या हुनेछ ।” आफू जिल्लाका विभिन्न स्थानीय तहमा अनुगमनमा जाँदा हिउँदे बाली कतिपय क्षेत्रमा सुकिसकेकाे बताउनु भयाे ।

वर्तमान समयमा जिल्लामा ८२.००% जनसंख्या कृषि पेशामा आत्मनिर्भर रहेकाे छ । तर सिँचाइको पहुँच नभएका क्षेत्रमा यसपालि गहुँ उम्रेका छैन्न उम्रिए पनि गहुँको पिपरा सुकेर गएपछि किसानलाई निकै पिरलाे छ ।

गतवर्ष डाेटीमा २३ हजार ८ सय ९८ मेट्रिकटन गहुँ उत्पादन भएकाे थियाे भने यस वर्ष समयमै पानी नपरेपछि गहुँ उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र डाेटीले अनुमान गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय