सिलगढी / जिल्ला समन्वय समिति डाेटीका प्रमुख लक्ष्मण बहादुर सिंहले दिपायल सिलगढी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उद्घाटन गर्नु भएकाे छ ।
आज (बिहीबार) जिल्ला सदरमुकाम सिलगढी अबस्थित टुडिखेल मैदानमा नगरपालिकाद्वारा एक ओैपचारीक कार्यक्रमकाे आयाेजना गरी प्रमुख सिंहले रनिङ शिल्ड प्रतियोगिताकाे उद्घाटन गर्नु भएकाे हाे ।
पद्म पब्लिक मुक्तिनारायण माद्यामीक विद्यालयको व्यवस्थापनमा सुरू गरिएकाे प्रतियोगिताकाे कार्यक्रममा बाेल्दै समन्वय प्रमुख सिंहले खेल क्षेत्र समाज र राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन मद्दत गर्ने बताउनु भएको छ । प्रमख सिंहले भन्नू भयाे ” अनुशासन महत्त्वपूर्ण कुरा हाे, खेलाडीले अनुशासन भएर खेल्नु पर्छ ।”
त्यस्तै दिपायल सिलगढी नगरपालिका नगरप्रमुख बाजी सिं खड्काका अनुसार जिल्ला सदरमुकाम सिलगढीमा आफूले व्यवस्थित खेल मैदानको आवश्यकता महसुस गरेको बताउनु भएकाे छ ।
शनिबार सम्पन्न हुने रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, हाईजम्प, लङ जम्प लगायतका खेल हुने आयाेजकले जानकारी दिएकाे छ । प्रतियोगितामा १५ ओटा विद्यालयहरूको सहभागिता रहेको छ ।











