कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गुलरियाचोक बजारमा आगलागी भएको छ।
बुधवार साँझ अचानक विद्युतकाे तार सर्ट भइ शिबराज बिष्टले संचालन गरेको एसबी फैन्सी स्टोर र फलफुल पसलको २ वटा सटरमा आगलागी भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
उक्त आगलागीबाट पसलमा अन्दाजी ७० लाख बराबरको क्षति भएकाे प्रहरी स्राेतले जनाएको छ । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिएकाे हाे । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।











