मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा भालुकाे आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको आदर्श गाउँपालीका वडा न ३ काँडीबस्ने ३५ बर्षिय राजु देवी रोकाया रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार भालुकाे आक्रमणमा परी घाइते राेकायाकाे बायाँ खुट्टाकाे तीन वटा ओैँला भालुले चपाएकाे छ भने दाहिने हात काेतरेकाे र निधारमा मध्यम खाले चाेट लागेकाे बताउनु भएकाे छ ।
राेकायालाई आज ( बुधबार ) दिउँसो साढे ३ बजेकाे समयमा घर नजिकै करेसाबारीमा काम गर्दैगर्दा भालुले आक्रमण गरेकाे हाे । घाइते रोकायाको स्थानीय जिडी पोलिक्लिकमा सामान्य उपचार पश्चात् थप उपचारको लागि कैलाली रेफर गरिएकाे छ ।
त्यस्तै यस अघि यहि पुस २२ गते (आइतबार ) अर्थात् यसै हप्ता साेही गाउँपालिका वडा नम्बर ४ मा भालुकाे आक्रमणमा परी एक महिला र एक पुरूष घाईते भएका थिए ।
यसैगरी याे एक हप्ताकाे पेरीफेरीमा भालुकाे आक्रमणमा परी ३ जना घाइते भैसकेका छन् । स्थानीय स्राेतका अनुसार यसरी बेलाबखतमा गाउँपालिकाका विभिन्न क्षेत्रमा भालुले मान्छेलाई आक्रमण गर्दा त्रासपूर्ण वातावरण सिर्जना भएकाे छ ।











