कैलाली / कैलालीमा प्रहरीका सहायक हवल्दार लागुऔषधसहित पक्राउ परेका छन्।
साेमबार जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नेपाल प्रहरीको धनगढी गणमा कार्यरत सवारी चालकसमेत रहेको प्रहरी हवल्दार विष्णु चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।
उनीबाट ८ सय ८० मिलिग्राम लागुऔषध फेला परेको हाे । उनको स्थायी ठेगाना गोदावरी नगरपालिका–५ रहेकाे खुल्न आएकाे छ । घटनाबारे थपअनुसन्धान भैरहेको प्रहरीकाे भनाइ छ ।











