युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी, ।  एउटा मात्रै दरबन्दीले छ वटा माध्यमिक विद्यालय चलिरहेको छभन्दा आश्चर्य लाग्न सक्छ । तथापि कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित माध्यमिक विद्यालय एउटै दरबन्दीबाट सञ्चालन भइरहेका छन् ।  

गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार विद्यार्थीको अनुपातमा मावि शिक्षक दरबन्दी न्यून हुँदा पठनपाठनमा समस्या भइरहेको छ । भौगोलिक रूपमा विकटमा रहेको पालिकालाई शिक्षणका हिसाबले पनि विकट पारिएको छ । अध्यक्ष रानाले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी स्वीकृत गर्न माग गर्दै छ वटा माध्यमिक विद्यालय चलाउन एउटा मात्रै दरबन्दी स्वीकृत गर्नु अन्याय भएको बताउनुभयो ।

सो गाउँपालिकाको वडा नम्बर १ नौरङ्गा, २ स्थित कञ्ज, ३ स्थित छोटी पर्सियामा माध्यमिक विद्यालय सञ्चालन भइरहेका छन् । वडा नम्बर ४ को पर्सिया र सिकलपट्टी जाई र वडा नम्बर ५ को शानदेऊमा माध्यमिक विद्यालय सञ्चालन भइरहेको छ । यी विद्यालय सञ्चालनका लागि स्वीकृत दरबन्दीका अतिरिक्त राहत शिक्षक छ जना, शिक्षण सिकाइ अनुदान आठ जना कार्यरत छन् । विद्यालय सञ्चालनका लागि बाँकी निजी स्रोतबाट शिक्षक राखिएको छ । 

माध्यमिक तहमा कम्तीमा पनि विषयगत पाँच जना शिक्षक आवश्यक पर्छ तर अत्यन्त न्यून जनशक्तिका भरमा माध्यमिक कक्षा सञ्चालन गर्न बाध्य रहेको शिक्षा अधिकृत सिद्धराज भट्टले बताउनुभयो । उहाँका अनुसार शैक्षिक उद्देश्य र पाठ्यक्रम पूरा गर्नका लागि यो जनशक्ति अत्यन्त थोरै हो । अधिकृत भट्टले शिक्षक दरबन्दी र जनशक्ति नै कम हुँदा प्राथमिक विद्यालय तहको योग्यता भएका शिक्षकबाट माध्यमिक तहका कक्षामा पठनपाठन गराउन बाध्य भएको बताउनुभयो ।

कतिपय विद्यालयले चन्दा उठाएर तलब खुवाउने गरी निजी स्रोतका शिक्षक राखेको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । लालझाडी गाउँपालिकामा १६ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमा तीन वटा प्राथमिक र बाँकी सात वटा आधारभूत तह पढाइ हुने विद्यालय रहेका छन् । प्राविमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी ठिकै रहे पनि मावि र आधारभूत दुवैमा शिक्षक दरबन्दी न्यून रहेको शिक्षा अधिकृत भट्टले जानकारी दिनुभयो । उहाँले अहिलेको अनुदानसमेत गरेर माविका लागि पाँच जना दरबन्दी आवश्यक रहेको उल्लेख गर्नुभयो । 

सो पालिकाको शारदा मावि नौरङ्गा, भानु मावि कञ्ज र सरस्वती मावि छोटी पर्सियामा कक्षा ९ देखि १२ सम्मको पढाइ पनि भइरहेको छ । यी विद्यालयले कुनै पनि अनुदानबिनै १२ सम्म कक्षा सञ्चालन गरिरहेको जनाइएको छ । अस्थायी दरबन्दीसमेत नरहेको उल्लेख गर्दै शिक्षा अधिकृत भट्टले तीन वटै विद्यालय निजीको भरमा चलिरहेको बताउनुभयो । लालझाडी गाउँपालिकालाई दुई वर्षअघि नै पूर्ण साक्षर पालिका घोषणा गरिएको थियो ।    

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय