युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

गणेश मौनी
पुस २३ डोटी
डोटीमा जुनोसिस रोग सम्बन्धी अभिमुखीकरण गोष्ठी सोमबार सिलगढीमा सम्पन्न भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीले आयोजना गरेको अभिमुखीकरण गोष्ठीमा जुनोसिस रोग सम्बन्धमा विभिन्न विषयमा छलफल गरिएको थियो ।
मानिस र पशुपन्छी बिच एक आपसमा सर्न सक्ने वा सङ्क्रमण हुन सक्ने रोगलाई जुनोसिस रोग मानिने भएकोले यस रोगको बारेमा आम नागरिकलाई जानकारी हुन आवश्यक रहेको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा.पान सिंह ठगुन्नाले बताए । उनले भने हाल सुदूरपश्चिम प्रदेशमा स्किन रोग, अफ्रिकन स्वाइन फिवर, रेबिज, एन्थ्य्राक्स, खोरेत, पी.पी.आर, टोक्सोप्लाज्मोसिम, पास्चुरेलोसिस् लगायतका रोगहरू देखा पर्ने भएकोले आम नागरिक सचेत हुन आवश्यक रहेको बताए ।
जुनोसिस रोगको सन्दर्भमा स्वयं व्यक्ति, आम नागरिक सचेत हुन आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिकाकी उप प्रमुख कलावती साउँदले बताइन् । उनले भनिन् जुनोसिस रोग धेरै प्रकारका अति खतरनाक रहेकाले यस विषयमा सचेत हुन आवश्यक रहेको बताइन् । नगरभित्र धेरै मात्रामा छाडा कुकुरहरू रहेकोले तिनीहरूबाट जुनोसिस रेबिज नामक रोगको सङ्क्रमण बढ्ने भएकोले त्यसको निराकरणको लागि छाडा कुकुरहरूको बन्ध्याकरण गर्न आवश्यक रहको पालिकाले पनि सहयोग गर्ने समेत उप प्रमुख साउँदले बताइन् ।
पशुपालन व्यवसायीहरूले पशु पंक्षिहरुमा लाग्ने रोग, नियन्त्रणका उपाय, अपनाउनु पर्ने सावधान लगायतका विभिन्न विषयमा जानकारी हुन आवश्यक रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीका प्रमुख पशुपति नाथले बताए । उनले विज्ञ केन्द्रले स्थानीय तहहरूको सहकार्यमा डोटीको दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र जोरायल गाउँपालिकामा रहेका छाडा कुकुरहरूलाई बन्ध्याकरण गर्ने कार्यक्रम रहेकोले स्थानीय सरकार नागरिक समाज सरोकारवालहरूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा.पान सिंह ठगुन्नाले एक स्वास्थ्यको अवधारणा, जुनोसिस तथा प्रमुख जुनोटिक रोगहरू र तिनको नियन्त्रण, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीका प्रमुख पशुपति नाथले रेबिज रोग उन्मुलनको लागि कुकुरमा बन्ध्याकरण कार्य योजनाको बारेमा जानकारी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीका डा. खडक कठायतले रेबिज रोग बारे जानकारी गराएका थिए ।
कार्यक्रममा पशु पंक्षि व्यवसायी, पशु स्वास्थ्य कर्मी, जिल्लाका सरोकारवाला निकाय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय