
नवलपरासी / पूर्वी नवलपरासीमा शनिबार एकै दिन ५० जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ ५० जना सँगै नवलपुरमा संक्रमितको संख्या नवलपुरमा ६ सय ६८ पुगेको छ ।
शनिबार देवचुली नगरपालिकामा देवचुलीमा नगरपालिकाका ६ जना कर्मचारी सहित एकै दिन ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले दिएको जानकारी अनुसार शनिबार देवचुलीमा ३४ जना, गैडाकोट नगरपालिकामा ६ जना, हुप्सेकोट गाउँपालिकामा १ जना, मध्यविन्दु नगरपालिकामा १ जना र विनयी त्रिवेणी गाउँपालिकामा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
हुप्सेकोट १ मा दुवै मृगौलाले काम नगरेर उपचाररत अवस्थामा रहेका २१ बर्षीया महिलामा संक्रमण पुष्टि भएको हो भने मध्यविन्दुमा १ मा २८ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यसैगरी विनयी त्रिवेणी ५ मा १ जना, ६ मा ५ जना र ७ मा २ जना गरी विनयी त्रिवेणीमा ८ जनामा संक्रमण पुष्टि भएको चापागाईले बताए ।
यता पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा शनिबार नगरपालिकाका ६ जना कर्मचारी सहति ३४ जनामा एकै पटक संक्रमण पुष्टि भएको छ । केही दिन अगाडि देवचुली नगरपालिकाको एक जना सवारी चालकमा संक्रमण पुष्टि भएपछि नगरपालिकाको कार्यालय नै नै शिल गरिएको थियो ।
देवचुली नगरपालिकाको ३ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । शनिबार संक्रमण पुष्टि भएको ३४ जना मध्ये दुई जना क्वारेन्टाइनको र अन्य ३२ जना कन्ट्याक ट्रेसिङ्गको आधारमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको देवचुली नगरपालिकाका नगर प्रवक्ता क्याप्टेन डिलबहादुर खत्रीले बताए ।
शनिबार देवचुली नगरपालिका १ मा ४५ बर्षीया पुरुष (नगरपालिकाका कर्मचारी), देवचुली ४ मा मलेसिलाबाट आएका ४० बर्षीय पुरुषमा संक्रमण देखिएको हो । त्यसैगरी देवचुली नगरपालिका ७ मा ३६ बर्षीया १ जना महिला (नगरपालिकाका कर्मचारी) र ३८, ४० र ४६ बर्षीय स्थानीय ३ जना पुरुषमा संक्रमण देखिएको नगरपालिकाले जनाएको छ । त्यसैगरी देवचुली नगरपालिका ८ मा ३० देखि ४७ बर्ष उमेर समूहका ११ जना स्थानीय पुरुष, देवचुली ९ मा ३०, ३६, ४९, ६५ बर्षका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी देवचुली १० मा युएईबाट आएका ३० बर्षीय १ जना महिला, देवचुली ११ मा ३५ बर्षीया १ जना महिला ९नगरपालिकाका कर्मचारी० र ३७ बर्षीय स्थानीय पुरुषमा संक्रमण पुष्टि भएको हो । देवचुली १२ मा ४१ र ४८ बर्षीय दुई जना पुरुष (नगरपालिकाका कर्मचारी) देवचुली १४ मा ३६ बर्षीया १ जना महिला (नगरपालिकाका कर्मचारी), ६, १५ र ४० बर्षीया स्थानीय महिला, ३४, ३७, ४४ र ५२ बर्षीय ४ जना स्थानीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
देवचुली नगरपालिकामा शनिबार थपिएका ३४ जना सहित संक्रमितको संख्या १०९ जना पुगेको छ, ३२ जना निको भएर फर्किएका छन् भने १ जनाको निधन भएको छ । नवलपुरमा अहिलेसम्म संक्रमितको संख्या ६ सय ६८ पुगेको छ । नवलपुरमा अहिलेसम्म ४ सय जना निको भएर फर्किएका छन् भने ३ जनाको कोरोनाको संक्रमणको कारण निधन भएको छ । नवलपुरमा अहिले २ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् ।