डाेटी / डाेटीकाे आदर्श गाउँपालिकामा जंगली जनावर भालुकाे आक्रमणमा परि दुई जना घाईते भएका छन् ।
भालुको आक्रमणमा परि घाईते भएका पालिकाे वडा नम्बर ४ रोडिङ बस्ने ५६ वर्षीय गौरी भाट र ५० बर्षीय जङ्ग भाटलाई थप उपचारका लागि धनगढी लगिएकाे स्राेतले बताएकाे छ ।
आज खेतमा काम गरिरहेका बेला उनीहरु माथि भालुले आक्रमण गरेकाे हाे । घाइतेहरूको पिठ्यूँ, अनुहार, घाटी लगायतको ठाउँमा चोट लागेकाे बताईएकाे छ ।
चिसाेकाे समयमा जंगली जनाबरले आक्रमण गर्ने सम्भावना बढी हुने भएकाेले सबैलाई सचेत रहन र एक्लै जंगलमा नजान उक्त गाँउपालिका कि उपाध्यक्ष लक्ष्मी राेकायाले आग्रह गरेकी छिन् ।











