युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी,
डाेटीकाे बाेगटान फूड्सिल गाउँपालिकामा विद्यालय भवन निर्माणकाे क्रममा घाेटाला भएकाे कुरा बाहिर आएकाे छ । सदूरपश्चिम प्रदेश सरकारकाे सामाजिक विकास मन्त्रालयकाे बजेटमा विद्यालय भवन निर्माणका क्रममा काम गर्ने श्रमिकले ज्याला नपाएकाे विषयमा खाेजि गर्दा आफुबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्षले १ लाख रूपैयाँ घुस लिएकाे ठेकेदारले आराेप लगाएका छन् ।

गाँउपालिकाकाे वडा नं. २ मा अबस्थित केदारअखडा माध्यमिक विद्यालमा ४ काेठे भवन निर्माणका लागि प्रदेश सरकारबाट ४० लाख बजेट विनियाेजित भएकाे थियाे । उक्त भवन निर्माणकाे जिम्मा आफूले पाएकाे र निर्माणका क्रममा काम गर्न सजिलाे पार्ने भन्दै उक्त विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रदिप बमले आफूबाट १ लाख रूपैयाँ लिएकाे ठेकेदार कृष्ण बहादुर बमले आराेप लगाएका हुन् । स्मरण हाेस् तत्कालिन ठेकेदार रहेका कृष्ण बहादुर बम हाल बाेगटान फूड्सिल गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित वडा अध्यक्ष हुन् ।

उक्त विद्यालय भवन निर्माणकाे क्रममा श्रमिकले ज्याला नपाएकाे गुनासाे आएसँगै ततकालिन अबस्थमा विद्यालय भवन निर्माणकाे जिम्मा पाएका ठेकेदार समेत रहेका हालका वडा अध्यक्ष कृष्ण बहादुर बमसँग बुझ्ने क्रममा आफूले ३७ लाखमा ठेक्का लिएकाे र ३७ लाख पुरैकाे काम समेत गर्न नपाएकाे र काम गर्दैँ जाँदा आफू घाटामा समेत गएकाे ठेकेदार बमले बताए । ठेकेदार बमले भने ” म‌ैले विद्यालय भवन निर्माणकाे लागि आफूले १२ लाख एकपटक, ७ लाख, २ लाख र ६ लाख ६५ हजार भवन निर्माणकाे लागि सामान खरीद गरी जम्मा २७ लाख ६५ हजार खर्च गरेकाे छु , सबै मिलाएर ३० लाख बाहेक अरू रकम खर्च गर्न पाएकाे छैन् ।” भवन निर्माणकाे काम २०७७ सालमा आरम्भ गरी दाेस्राे वर्ष २०७८ सालमा पेन्टिङकाे काम बाहेक सम्पुर्ण काम पुरा गरेकाे ठेकेदार बमले जिकिर गरेका छन् । त्यसपछि आफूलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले काम गर्न नदिएकाे उनकाे आराेप छ भने श्रमीकले ज्याला नपाएकाे विषय उनले स्वीकारेका छन् । बमले रिसाउदै भने “मैले कसैकाे एक रूपैयाँ खाएकाे पनि छैन् , दिन बाँकी सबै काम गर्नेहरूकाे पैसा दिएरै छाेड्छु, धेरै छैन् चानचुन ६० हजार देखि ७५ हजारसम्म गिठ्ठीकाे मात्रै तिर्नु छ ।”

बमले जंगिदै भने – “मेराे गल्ति त्यसमा केही छैन्, मैले जतिकाे ठेक्का लिएकाे हुँ त्याे बजेट ३० लाख बाहेक चलाएकाे छैन, त्यसकाे जिम्मेवारी विद्यालयले लिनु पर्ला, यदि मेराे गल्ती नै छ भने, जेल हाम्रै लागि बनेका हुन, जेल बस्न तयार छु तर गल्ती गर्नेलाई म छाेड्दैन, भाेलि मुद्दा हाले छानबिन हाेला ।” उनले थपे ” हाे, साँच्चै हाे, बजेट पुगेन, कामदारलाई पैसा दिन पुगेन घाटा लाग्याे त्याे पैसा म तिर्न तयार छु ।”

विद्यालय व्यवस्थापन समिति अध्यक्षले आफ्नाे मनाेमानी ढंगले बाँकी वाल पेन्टिङकाे काम गराएर बाँकी पैसा चलाएकाे ठेकेदार बमले बताए ।

सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट विनियाेजित जम्मा ४० लाख बजेटमा विद्यालयकाे भवन निर्माणका लागि ३७ लाखमा ठेकेदार कृष्ण बहादुर बमलाई ठेक्का दिएकाे उक्त विद्यालयले जानकारी दिएकाे छ ।

हामीले यस विषयमा विद्यालय विद्यालय प्रधानाध्यापक गुमान सिं बाेहरासँग बुझ्दा ठेकेदार बमकाे काम गर्ने शैली नभएकाे आराेप लगाएका छन् । ठेकेदारले विद्यालय भवनकाे काम सम्पन्न गरेपनि अन्दाजी ढाइ तीन लाख रुपैया काम गर्ने श्रमकलाई ज्याला नदिएकाे बताए ।

हामीले काम बाेहरालाई- ठेक्का उहाँले लिनु भएकाे तपाईंले बाँकी काम गरेर बाँकी ७ लाख रूपैयाँ किन चलाउनु भयाे ? भन्ने प्रश्नमा प्रधानाध्यापक बाेहराले भने – “ठेकेदार बमले काम गर्न ढिलाइ गर्दा भवन निर्माणकाे सम्झौता मिति सकिन लाग्दा आफूहरू त्याे कार्यमा जुटेका हाै।” आफूहरु जुट्दा समेत विद्यालयकाे भवन पुर्ण नभएकाे बाेहराकाे जिकिर छ । बाेहराले भने- “अझै विद्यालयकाे १२ गाेटा झ्यालमा ग्रिल हाल्न बाँकी छ, ३ लाख आतेजाते खर्च भयाे, १ लाख २० हजार कर सहित अन्य काटेकाे छ । ठेकेदारले हामीलाई लगाएकाे आराेप सबै झुट्टा हाे ।”

यस विषयमा हामीले केदारअखडा माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रदिप बम सँग बुझ्ने क्रममा तपाईंले आफूबाट १ लाख रूपैयाँ लिएकाे ठेकेदारकाे आराेप छ नि ? भन्ने प्रश्नमा उनले भने – “त्याे सबै झुट हाे मैले केही पनि कसैबाट १ रूपैयाँ लिएकाे छैन ।”

ठेक्का उहाँलाई दिएर बाँकी काम तपाईंहरूले किन गर्नु भएकाे ? भन्ने प्रश्नमा प्रदिप बंमले भने – “ठेकेदारले तपाईं आफै गर्नु भने पछि हामिले काम गरेका हाै । उहाँलाई स्पष्ट घाटा छ, उहाँ बाेलाउदा पनि आइराख्नु भएकाे छैन्, सायद यता काम गर्नेकाे पैसा तिर्नु छ त्यहीँ भएर हाेला, बाेलाउदा ठेकेदार आउदैनन् ।”

भवन निर्माणकाे कार्य सम्पन्न भएकाे प्रतिवेदनका आधारमा भुक्तानि हुनु पर्ने सबै रकम भुक्तानी भई सकेकाे छ । कागजमा नै भएपनि भवन निर्माण सम्पन्न भएकाे ३ वर्ष बितिसक्याे । यद्यपि उक्त भवनका झ्यालहरुमा रेलिङ हाल्न बाँकी नै छन् । तत्कालिन ठेकेदार जनप्रतिनिधि भई सके तर उक्त भवन निर्माणका क्रममा श्रम गर्ने श्रमिकले यति लामाे समय सम्म पनि ज्याला नपाउदा पिडित भएका छन् । यस विषयमा सम्वन्धित निकायमा ध्यान जानू पर्ने स्थानियहरु र स्वयम् पिडितहरु बताउन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय