विगत केही समय यता अनलाइन खवरहरुमा दलित ले न्याय पाएन, उजुरी लिनमानेन, निर्मला पन्तको हत्या प्रकरणको नै कुरा गर्ने हो भने सत्यतथ्य कुरा वाहिर आएन भन्ने कुरा आरोप सहित प्रहरी प्रतिको विस्वसनीयतागुमि रहेको अवस्था छ । यो अवस्थाको विच यहि भदौ २६ गते अनलाईन तथा छाँपा मिडियामा छ्यापछ्प्ती जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमै एक दलित युवाको हत्या भएको आरोप परिवार जन तथा समुदायको रहन गएको छ ।
जाइ निवाशी १९ वर्षका रोशन विकले कैलाली जिल्ला प्रहरी थुनुवा कक्षमा रहेका बिकले थुनुवाले नै प्रयोग गर्ने ट्वाइलेटमा शुक्रबार विहान आत्महत्या गरेको प्रहरीले जनाएको छ । मिडियामा प्रकाश नभएको फोटो हेर्दा समेत आत्महत्या गरेको भन्ने कुरा पत्याउन नै गाह्रो छ । त्यही भएर नै होला प्रहरी कार्यालयमा घेराउ तथा धर्ना जारी छ । यस्ता घटना हेर्ने हो भने आरोप नै सत्य सावित भए के मुस्कान सहितको प्रहरी सेवा र प्रहरी मेरो साथी नारा के यस्तै गतिविधीले सफत होला त ?
हुन त उनी बिकलाई चोरीको आरोपमा प्रहरीले गत भदौ २१ गते पक्राउ गरेको रहेछ । चोरी गरी पक्राउ परेको र अनुसन्धानको दायरामा भएको व्यक्तिलाइ साविती वयानको लागी दवाफ दिने, यातना दिने गरेको कुरा पटक पटक सुन्न पाइन्छ । यो कुरा पछी केश अदालतमा पुगे पछी प्र्रहरीले यातना दिएको कारण मैले दवाफमा आई पिडा सहन नसकी यसो भनेको हो भनी भन्ने गरेको समेत पाइन्छ । के प्रहरीको काम भनेको घटना दर्ता मुचुल्का मात्र तयार गर्ने र दसीप्रमाणकोे संंरक्षण गर्ने भुमिका होइन र ? हो नी है । त्यसो हो भने यातान दिदै हो की हो मैले नै अपराध गरेको हो भनी भन्न लागाउन किन आवश्यक ? अहिले त मानवअधिकारको दृष्टिले हेर्दा यातना दिन नपाइने कुरा सवै जानकार नै छन है । यसो हुँदा पनि किन प्रहरी संगठनमा भएको केही उग्र स्वभाव भएकाहरुले यस्तो गर्छन ।
यो प्रहरी माथी लाग्दै गरेका आरोपवाट बच्न र प्रहरी मेरो साथी साँच्चै नै नारा स्थापित गर्न जरुरी छ । जसको लागी प्रहरी समक्ष कोही उजुरी दिन आउदा, न्यायको खोजी गर्न आएका र थुनुवा कक्षमा बन्दिहरु रहि रहदा उ सुरक्षित हुने वातावरण तयार होस मेरो प्रहरी दाजु भाइ समक्ष विनभ्र अनुरोध छ । यो किन पनि भन्न चाहेकी थुनुवा कक्ष वा कारागार भनेको सुधार गृह नै हो । यहाँ आइसकेपछी कुनै पनि व्यक्तिले आफ्नो आचरण र व्यवहार सुधार गरेर जाने अपेक्षा सुधार गृहको नै हो ।
साँच्चै यो धनगढीको प्रहरी किटानी आत्महात्या र परिवार तथा समुदाय आरोप हत्या साँच्चै हत्या नै हो भने प्रहरीले न्याय मर्न नदिन दोषी प्रहरीलाई न्यायको कठघरामा ल्याइ देहावसान भएका व्यक्तिको परिवार तथा समाजलाई न्याय दिन कुसलता पुर्वक कार्य होस् र साँच्चै प्रहरी मेरो साथीनारा स्थापित होस् हामी न्याय प्रेमी जनताको यही अपेक्षा छ ।
साँच्चै प्रहरी माथी पटक पटक लाग्दै आएको दागहरु मेटिने प्रयास यो कैलाली घटनाबाट सच्चिदै जावस यसमा विनम्रता पुर्वक आग्रह छ । यो किन पनि जरुरी छ भन्नु पर्दा प्रहरी को अंग्रजी रुप पुलिस (POLICE) को अर्थ हेर्न जरुरी छ । जस्ले यस्तो पो सन्देश दिन्छ त P वाट Polite , O वाट Officer , L वाट Lower , I Intelligent , C वाट corrector / E वाट Educated नै पुलिसको प्रत्येक अक्षरको शव्दले बोल्ने कुरा हो । त्यसैले प्रहरी मेरो साथी, मुस्कान सहितको सेवा भन्ने नारा नारामा मात्र समित नहोस यदी यो प्रहरी किटानी आत्महत्या आत्महत्या नै होस् या हत्या नै, जे हो सत्य तथ्य वाहिर ल्याई न्याय प्रदान होस ।
हैन भने जनताले नपत्याउने रिपोर्ट आए प्रहरी मेरो साथी नभई बन्दिगृह यातना क्रिडा स्थलहुदै न्याय मर्ने थलो नै भन्ने आवधारण बन्ने निश्चित नै छ । त्यसैले न्याय मर्न नदिन सशस्त्रप्रहरीको नेतृत्वमा भएको टोलिले साँच्चै वास्तिविकता पत्याउने खालको प्रतिवेदन ल्यावस यसको लागी विनम्रता पुर्वक अनुरोध छ ।