अछाम/ अछामको साँफेबगर नगरपालिका ३ टोटासालको एक टहराबाट लागु औंषध सहित २ जनालाई प्रहरीले पक्राउ गरिएकाे छ । शनिबार साँझ प्रकाउ पर्नेमा बाजरा बुढिनन्दा नगरपालिका ७ पाण्डुसैन घर भई टोटाशालमा टहरा बस्दै आएकी पशुपती थापा र साँफेबगर नगरपालिका ४ मष्टामाण्डौका २४ बर्षिय छितिज बुढा रहेका छन् ।
प्रकाउ परेका लागू कारोबारी थापाको साथबाट २५ ग्राम २५० मिलीग्राम र २० ग्राम ३३० मिलीग्राम छितिज बुढाको साथबाट १० ग्राम ७४० मिलीग्राम र ८ ग्राम ५९० मिलीग्राम लागू औंषध फेला परेको जिल्ला प्रहरी कार्यालय अछामकाे भनाइ छ ।
बाजुराका बिभिन्न ठाउँबाट चिसो छल्न भेडा बाख्रा सहित अछामका विभिन्न ठाउँमा बस्दै आएका उनिहरुले लागु औंषध चरस बिक्रि गर्ने गरेका थिए । ईलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएकाे टाेलिले टोटाशालको टहरामा कारोबार भईरहेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएकाे हाे ।











