अछामः अछामकाे मंगलसेन नगरपालिका-५ मा जुवाखालबाट चार जुवाडे पक्राउ परेका छन् ।
बिहीबार मंगलसेन बजारका ५६ वर्षीय अर्जुनसिंह बिष्टको सिलाई कटाई पसलको कोठा भित्र जुवातास खेलिरहेको अबस्थामा उनीसहित चार जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले
गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएकाे हाे ।
उनिहरुलाई नगद २३ हजार ६ सय ३० र ४ गड्डी ताससहित पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीकाे भनाइ छ ।











