कैलाली / कैलालीको धनगढीमा प्रहरीलाई देखेर दुई जना युवा भागेका छन्।
बुधवार साँझ ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर-१३ शिवमन्दिर पछाडिबाट सुप्रप्र ०१ ००९ प ५४७४ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल छोडेर दुबै जना भागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
स्थानीयले दुई जना युवा लामो समयदेखि सो स्थानमा बसेको खबर गरेपछि सोधपुछ गर्न कैलाली गाउँ प्रहरी चौकीको टोली उक्त क्षेत्रमा पुग्दा दुबैजना मोटरसाइकल छोडेर जङ्गलतर्फ भागेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।











