युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

रासस / चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्ष पछि तस्करले दुर्लभ एक सिंगे गैंडा मारेको आशङ्का गरिएको छ। निकुञ्जको वाँदरझुला आईल्याण्ड क्षेत्रमा दुई दिन अघि शङ्कास्पद अवस्थामा मृत गैंडा भेटिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी २५ देखि ३० वर्षको गैंडाको टाउकोमा दुईवटा प्वाल र पछाडीको भागमा धारिलो हतियारले काटेको थियो। बरालले भने “खाग र खुर भने सुरक्षित भेटियो”, उनले थपे “शङ्कास्पद भयो, तस्करले होईन भन्न सक्ने अवस्था रहेन।”

तस्करले आक्रमण गरेको अनुमानमा निकुञ्जमा सुरक्षा सतर्कता वढाईएको छ। वि. सं. २०७३ चैतमा जगतपुरको एक सामुदायिक वनमा तस्करले गैंडा मारेयता हालसम्म चोरीका कारण गैंडा मारेको तथ्याङ्क निकुञ्जमा छैन। निकुञ्जका पशु चिकित्सक डा. भिषण गजमेरका अनुसार भदौ २१ गते घोलमा गढेर उभिएको तर गलेको अवस्थामा गैंडा भेटिएको थियो।

मृत भाले गैंडाको टाउकोमा दुईवटा प्वाल रहेका थिए। तीन देखि चार ईन्चका ती प्वाल के कति कारणले भएको एकिन नभएको उनले जानकारी दिए। करिब एक साता अघि गैंडा मरेको अनुमान गरिएको छ। तस्करले गैंडालाई आक्रमण गरेको हुन सक्ने भन्दै निकुञ्जले अनुसन्धान थालेको छ। तस्करले खाग र खुरका लागि गैंडा मार्ने गर्दछन्।

खाग र खुर सुरक्षित भएकाले घटना रहस्यमय वनेको छ। निकुञ्जमा साउन यता प्राकृतिक कारणले तीन गैंडा मरेका छन्। सशस्त्र द्धन्द्धमा तस्करले एकै वर्षमा ३६ वटा सम्म गैंडा मारेका थिए। पछिल्ला वर्षमा निकुञ्जले नयाँ नयाँ रणनीतिका साथ सुरक्षा व्यवस्था मजबुत वनाए पछि तस्करले गैंडा मार्न नसकेका हुन।

गत आर्थीक वर्षमा गैंडाको गणना गर्ने भनिएको भएपनि कोरोना सङ्क्रमणका कारण स्थगित भएको थियो। पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ गैंडा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय