मनमाेहन ठकुल्ला, सिलगढी
डाेटीकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर २ टेउटे टाेलमा पाेल गाडेकाे २ वर्ष बितिसक्दा पनि विद्युतिय सामाग्रीकाे अभावमा अझै बत्ती बल्न सकेकाे छैन् ।
गाँउमा बत्ती पुग्ने आशले घरघरमा विद्युत वाईरिङ्ग गरी बिजुली बाल्ने आसमा टेउटे बासी पर्खिरहेका छन् तर विद्युतीय सामाग्री तत्काल नहुँदा टेउटेमा बिजुली बाल्न केही ढिलाइ हुनसक्ने विद्युत वितरण केन्द्र दिपायलका प्रमुख शिवशंकर साेनीले बताए । प्रमुख साेनीसँग कुरा गर्ने क्रममा हामीले फेरि किन बलेन टेउटेमा बिजुली भन्ने प्रश्नमा पहिले उहाले भन्नू भयाे ” अर्काे ट्रान्समिटर चाहिने भएकाे छ ” हाम्राे किन भन्ने प्रश्नमा साेनीले भन्नू भयाे ” पारी खेतबाट अलि नहुने भयाे ।” हामीले भन्याैँ तपाईहरूसँग ५ सय मिटर पनि तार छैन ? उहाँले भने “अलि बढी सामान लाग्ने हाे ।”
त्यसपछि प्रमुख साेनीले फेरि भन्नू भयाे ” पुरानाे त्याे कसकाे ठेक्का हाे ? कसले काम गरेकाे हाे र किन बीच गाउँमा बिजुली बाल्न छाेडियाे भन्ने कुराकाे विषयमा ठेकेदारसँग सबै कुरा मागेर तपाईं उपलब्ध गराइदिन्छु ।” उहाँले भन्नू भयाे विद्युत कार्यालयसँग वर्तमान समयमा उक्त क्षेत्रकाे लागि विद्युतीय सामाग्री नभएकाे र माथिबाट हुने भनिएकाे काममा अलि ढिलाइ हुने बताए ।
टेउटे गाउँ बिद्युत प्रसारण लाइनबाट करिव ५ सय मिटर मात्रै टाढा रहेकाे छ तर आजसम्म पनि बत्ती नबल्दा स्थानीयले सास्ती भाेग्नु परेकाे स्थानीय बिवेक ठकुल्लाले बताए । उनले फाेन मार्फत कुराकानी गर्दै भने ” केही दिन सञ्चारमाध्यमबाट समाचार प्रसारण हुँदा गाउँमा विद्युत वितरण केन्द्र दिपायलबाट कर्मचारी आएका थिए केही नगरी हेर्दै फर्किए छन् ।”
यस विषयमा सम्बन्धित सराेकारवाला व्यक्तिहरू पनि माैन बस्था आश्चर्य लागेकाे टेउटे बासीकाे भनाइ छ । एक जना स्थानीय व्यक्तिले भनेका छन् ” राजनीतिक कारणले एक घर भएकाे ठाउँमा बिजुली बल्याे टेउटेमा १६ घरदुरी भएर पनि बिजुली नबलेकाे आराेपछ ।
हामीले विद्युत वितरण केन्द्र दिपायलसँग गरेकाे कुराकानीसँग स्थानीयलाई सुनाउदा ” अर्का एकजना स्थानीय भन्छन् , बाहाना मात्रै हाे, हाम्रा दुःख हामी सरी, ठेकेदार, जनप्रतिनिधि र विद्युतवाला बाटीहै हेपीएका हामी ।”
यसअघि जनप्रतिनिधिलाई साेधपुछ गर्दा गत वर्ष आर्थिक समस्या भएकाे र अव केही महिनामै बल्छ भनेकाे थियाे तर आजसम्म बिजुली बाल्ने कुनै सुरसार विद्युत र जनप्रतिनिधिकाे देखिदैन् ।
केही वर्ष पहिले विगतकाे पूर्वीचाैकी गाउँपालिका सरकारले गाउँपालिकाकाे सबै वडाका गाउँगाउँमा बिजुली बलिसकेकाे भन्ने व्यर्थै अफवाह फैलाएको वडा बासीकाे आराेप छ ।
पूर्वीचाैकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार आफूले उक्त टेउटे बिजुलीकाे विषयमा साेधपुछ गर्दा उक्त क्षेत्रमा काम गर्ने ठेकेदारले लापरबाही गरेका कारण कसकाे कम्जोरी हाे पत्ता लगाए अगाडि बढ्ने बताए । अध्यक्ष उपाध्यायले भने ” गाउँमा बिजुली बाल्ने हाम्रो पनि कर्तव्य हाे केही दिनमै सम्बन्धित मान्छे लगाएर काम अगाडि बढाउने तयारी छ ।”











