अछामः कारागार कार्यालय अछाममा भित्र लागुऔषधको ओसारपसार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरिएकाे छ।
पक्राउ पर्नेमा जिल्लाको कमलबजार नगरपालिका–३ का जनक बडुवाल रहेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मङ्गलवार राति कारागारमा मासुभित्र लागुऔषध ओसार पसार गरेकाे पाइएपछि उनलाई पक्राउ गरिएकाे हाे । उनी जिल्ला कारागारका सफाई कर्मचारी हुन्।
उनको साथबाट ७ सय ४० मिलिग्राम लागुऔषध (खैरो हिरोइन) फेला परेको प्रहरीले जनाएको छ । उनले कारागार भित्र रहेको सेवन कर्ताको बारेमा भने बोल्न चाहेनन। तर, जिल्ला कारागार अछाममा पहिला पनि लागु औषधको ओसार पसार हुने गरेको आरोप छ।











