बैतडीः बैतडीकाे पञ्चेश्वर गाउँपालिका–४ मा जिप दुर्घटना भएको छ । आम्चौराबाट मेलौलीतर्फ जाँदै गरेको ना २ च ४५५१ नम्बरको बोलेरो जिप दुर्घटनामा परी ३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–४ का ६९ वर्षीय बिसर चन्द, सोहि ठाउँका २० वर्षीया प्रिंका चन्द र शिवनाथ गाउँपालिका–३ का सानु चन्द रहेका छन्। घाइतेहरुको आमचौर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। जिपमा चालकसहित ७ जना सवार रहेका थिए। अन्य ३ जना सकुशल रहेका छन् । गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
बैतडी प्रहरीका अनुसार वर्ष २५ का जिप चालक गजेन्द्र पोख्रेललाई नियन्त्रणमा लिएको छ। घटना बारे अनुसन्धान भैरहेको प्रहरीकाे भनाइ छ ।











