बझाङः बझाङमा एक अ.हे.ब. मृत अवस्थामा फेला परेका छन्।
मंगलबार झाेता स्वास्थ्य चौकीमा कार्यरत रायल घर भएका ४३ वर्षीय महेन्द्र मल्ल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
उनी केदारस्यु गाउँपालिका १ गर्जेपानी स्थित सेती नदीको बिच भाग पानीमा मृत फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीकाे भनाइ छ ।











